Mini vic.gov.au

This is a low bandwidth version of vic.gov.au. Contents may not be up to date. © Copyright State Government of Victoria

मद्दत लिनको लागि कहाँ जाने? (Where to go for help - Nepali)

स्वयंसेवकहरू र उनीहरूले काम गर्ने संस्थाहरूको लागि मद्दत उपलब्ध छ। धेरै समूहहरूले स्वयंसेवाका विभिन्न क्षेत्रहरूलाई समर्थन गर्छन्। उनीहरूले पृष्ठभूमि जाँच, तालिम, कोष, वा स्वयंसेवक अधिकारहरू सम्बन्धी सोधपुछहरूमा मद्दत गर्न सक्छन्।

यदि तपाईं स्वयंसेवक हुनुहुन्छ, स्वयंसेवक बन्ने सोचमा हुनुहुन्छ, वा स्वयंसेवकहरूसँग काम गर्ने समूहको हिस्सा हुनुहुन्छ भने, तपाईंको लागि यहाँ सहयोग उपलब्ध छ।

स्वास्थ्य र सुरक्षा

स्वयंसेवा एक सकारात्मक र सन्तुष्टिदायी अनुभव हुनुपर्छ। स्वयंसेवा गर्दा आफ्नो मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यको ख्याल राख्नुहोस्। आवश्यक पर्दा विश्राम लिनु, इन्कार गर्नु वा पछि हट्नु स्वीकार्य छ।

भिक्टोरियाका कामदारहरू, कार्यस्थलहरू र स्वयंसेवकहरूलाई सुरक्षित राख्न वर्कसेफ (WorkSafe) भिक्टोरिया जिम्मेवार छ। उनीहरूले भिक्टोरियामा कामदारहरूको क्षतिपूर्तिको पनि व्यवस्थापन गर्छन्।

सामान्य सहायता

स्वयंसेवा भिक्टोरिया राज्यमा स्वयंसेवाको लागि शिखर निकाय हो। उनीहरू स्वयंसेवकहरूको पक्षमा बोल्ने, क्षेत्रको विकासमा मद्दत गर्ने र भिक्टोरियामा स्वयंसेवालाई प्रवर्द्धन गर्ने कुरामा केन्द्रित छन्। स्वयंसेवा गर्दा के आशा गर्ने भन्ने कुरा बुझ्न मद्दत गर्ने निर्देशिका पनि उनीहरूसँग छ।

अधिकार र जिम्मेवारीहरू

सामुदायिक समूहहरूमा स्वयंसेवकहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। प्रारम्भ गर्नु अघि, तपाईंले आफ्नो अधिकार र जिम्मेवारीहरू सहित केही कुराहरू जान्नै पर्छ। तपाईंले स्वयंसेवा भिक्टोरिया अधिकार र जिम्मेवारी निर्देशिका मा थप पढ्न सक्नुहुन्छ।

बालबालिकासँग काम गर्दा बुझाउनु पर्ने जाँच The Working with Children Check ले काम गर्ने र हेरचाह गर्ने व्यक्तिहरूको पृष्ठभूमि जाँच गरेर बालबालिकालाई हानिबाट सुरक्षित राख्न मद्दत गर्छ।

धेरै संस्थाहरूले स्वयंसेवकहरूलाई काम सुरु गर्नु अघि प्रहरी जाँच (police check) वा पृष्ठभूमि जाँच गर्न आग्रह गर्छन्। यी जाँचहरूले तपाईं निश्चित कामको लागि उपयुक्त हुनुहुन्छ/हुनुहुन्न भनी सुनिश्चित गर्न मद्दत गर्दछ । वृद्धवृद्धा, बालबालिका वा अपाङ्गता भएका व्यक्तिहरू जस्ता जोखिममा रहेका समूहसँग काम गर्नेहरूका लागि प्रहरी जाँच (police check) हरू विशेष गरी महत्त्वपूर्ण हुन्छन्। राष्ट्रिय प्रहरी जाँच र औंठाछाप बारे थप जान्नुहोस्।

Communities

Updated 9 October 2025



About the VIC Government

Grants and programs

Jobs and careers

Arts, culture and heritage

Business and the workplace

Communities

Education and training

Environment, water and energy

Finance and economy

Health and social support

Housing and property

Law and justice

Safety and emergencies

Science and technology

Sport and recreation

Traffic and transport

Working in the Victorian Government