Mini vic.gov.au

This is a low bandwidth version of vic.gov.au. Contents may not be up to date. © Copyright State Government of Victoria

भिक्टोरियामा स्वयंसेवकहरू (Volunteers in Victoria- Nepali)

भिक्टोरियामा क-कसले स्वयंसेवा गर्छन् र भिक्टोरियालीहरुले किन र कहाँ स्वयंसेवा गर्छन् पत्ता लगाउनुहोस्।

राज्यको स्वयंसेवा प्रतिवेदन

भिक्टोरिया सरकारको सहयोगमा, स्वयंसेवा भिक्टोरियाले भिक्टोरिया राज्यको स्वयंसेवा प्रतिवेदन २०२५ जारी गरेको छ।

यो प्रतिवेदनले हामीलाई स्वयंसेवाले भिक्टोरियामा खेल्ने महत्त्वपूर्ण भूमिका बुझ्न मद्दत गर्छ। यसले हामीलाई किन र कसरी उनीहरू स्वयंसेवा गर्छन् भन्ने कुरा पनि समावेश गरिएको भिक्टोरियामा स्वयंसेवा गर्नेहरू बारे संक्षिप्त जानकारी दिन्छ।

अनुसन्धानले स्वयंसेवा कसरी परिवर्तन हुँदैछ भन्ने बारेमा अन्तर्दृष्टि पनि प्रदान गर्दछ। यसले हामीलाई मानिसहरूलाई स्वयंसेवा गर्नबाट के ले रोक्छ र के ले उनीहरूलाई प्रेरित गर्छ भन्ने कुरा देखाउँछ।

पूरा प्रतिवेदनको लागि, राज्यको स्वयंसेवा प्रतिवेदन को वेबसाइटमा जानुहोस्। पहुँचयोग्य संस्करण पनि उपलब्ध छ।

प्रतिवेदनबाट प्राप्त प्रमुख निष्कर्षहरू

संक्रमणकालमा रहेको क्षेत्र

२०२४ मा, भिक्टोरियामा ३३ लाख मानिसहरूले स्वयंसेवा गरे। उनीहरूले समुदायलाई ७३ करोड २० लाखभन्दा बढी समयको स्वयंसेवा योगदान गरे। यो १५ वर्षभन्दा माथिका भिक्टोरियाको जनसंख्याको लगभग ६०% हो।

यी तथ्याङ्कहरूले COVID-19 महामारीको समयमा ठूलो गिरावट पश्चात स्वयंसेवा फेरि पहिलाको ठाउँमा आएको देखाउँछ।

स्वयंसेवा गर्ने युवाहरूको संख्या बढ्दै

१५ देखि २४ वर्ष उमेर समूहका युवाहरू उच्च दरमा स्वयंसेवा गरिरहेका छन्। २०२४ मा, लगभग १० मध्ये ७ युवाहरूले अरूलाई मद्दत गर्न आफ्नो समय स्वयंसेवामा खर्च गरे। यो कुनै पनि उमेर समूहको उच्चतम सहभागिता दर हो।

स्वयंसेवकहरू बढी उद्देश्यपूर्ण र प्रभाव-केन्द्रित हुन्छन्

स्वयंसेवकहरूले अर्थपूर्ण र प्रभाव पार्ने भूमिकाहरू चाहन्छन्। स्वयंसेवाको लागि सबैभन्दा सामान्य प्रेरणाहरू निम्न समावेश छन्:

अनौपचारिक स्वयंसेवाको उदय

धेरै मानिसहरू अनौपचारिक रूपमा स्वयंसेवा गरिरहेका छन्। २०२४ मा, लगभग आधा स्वयंसेवकहरूले अनौपचारिक रूपमा स्वयंसेवा गरे।

अनलाइन स्वयंसेवा पनि बढ्दो छ, लगभग चार मध्ये एक स्वयंसेवकले टाढाबाटै समय दान गर्छन्।

स्वयंसेवकहरू सम्पर्कमा रहन, समुदाय र समावेशीकरण खोजिरहेका हुन्छन्

धेरै मानिसहरूका लागि, स्वयंसेवा सामाजिक सम्बन्ध निर्माण गर्ने एउटा महत्त्वपूर्ण उपाय हो। स्वयंसेवाले मानिसहरूलाई कम एक्लो महसुस हुन र आफ्नो समुदायमा बढी संलग्न हुन मद्दत गर्न सक्छ।

Communities

Updated 9 October 2025



About the VIC Government

Grants and programs

Jobs and careers

Arts, culture and heritage

Business and the workplace

Communities

Education and training

Environment, water and energy

Finance and economy

Health and social support

Housing and property

Law and justice

Safety and emergencies

Science and technology

Sport and recreation

Traffic and transport

Working in the Victorian Government