Mini vic.gov.au

This is a low bandwidth version of vic.gov.au. Contents may not be up to date. © Copyright State Government of Victoria

प्रारम्भिक शुरुवाती किन्डरगार्टन (Early Start Kindergarten) - नेपाली (Nepali)

On this page

यदि तपाईं शरणार्थी वा शरण खोज्ने पृष्ठभूमिबाट हुनुहुन्छ भने तपाईं प्रारम्भिक शुरुवाती किन्डरगार्टेन (ESK) को लागि योग्य हुन सक्नुहुन्छ। ESK ले तपाईंको बच्चाले प्रत्येक हप्ता सम्भव भएसम्म अधिकतम घण्टा निःशुल्क किन्डर कार्यक्रम प्राप्त गरेको निश्चित गर्न तपाईंलाई मद्दत गर्न सक्छ।

कसरी आवेदन दिने

ESK योग्य शिक्षकद्वारा प्रदान गरिने सबै किन्डर कार्यक्रमहरूमा उपलब्ध छ। तपाईंले आफ्नो नजिकैको किन्डरलाई सम्पर्क गरेर आफ्नो बच्चालाई भर्ना गर्न सक्नुहुन्छ र प्रारम्भिक शुरुवाती किन्डरगार्टेन अनुदानमा पहुँचको अनुरोध गर्न सक्नुहुन्छ। किन्डर सेवाहरूले तपाईंको भाषामा लिखित जानकारी प्रदान गर्न निःशुल्क अनुवाद सेवा पहुँच गर्न सक्छन्।

तपाईंले शिक्षा विभागको तीन-वर्षे किन्डरगार्टेन सोधपुछ लाइनलाई 1800 338 663 मा सम्पर्क गर्न सक्नुहुन्छ वा सहयोगको लागि तपाईंको स्थानीय काउन्सिललाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईंको भाषामा मद्दत प्राप्त गर्न तपाईंले राष्ट्रिय अनुवादन तथा दोभाषे सेवा (National Translating and Interpreting Service) लाई 131 450 मा फोन गर्न सक्नुहुन्छ, दोभाषेलाई तपाईंको स्थानीय काउन्सिलको नम्बरमा वा शिक्षा विभागमा फोन गर्न भन्नुहोस्, र दोभाषे फोन सम्पर्कमा रहनेछन् र अनुवाद गर्नेछन्।

कहिले आवेदन दिने

बालबालिकाहरू किन्डरगार्टनमा जान भर्ना हुने वर्षको ३० अप्रिल अघि तीन वर्ष उमेरका भएमा उनीहरू ESK का लागि योग्य हुन्छन्। ‘कहिले भर्ना गर्ने’ हेर्नुहोस्।

यदि तपाईंको बच्चा जनवरी १ देखि अप्रिल ३० को बीचमा जन्मिएको हो भने तपाईंले तीन-वर्षे किन्डरगार्टन कुन वर्ष सुरु गर्ने भनेर छान्न सक्नुहुन्छ। तपाईंको बच्चा ३ वर्ष उमेर पूरा भएको वर्ष वा ४ वर्ष लागेको वर्षमा तीन-वर्षे किन्डरगार्टेन सुरु गर्न सक्छन्। यदि तपाईंको बच्चाले ३ वर्षको उमेरमा तीन-वर्षे किन्डरगार्टन सुरु गर्छन् भने, त्यसपछि उनीहरुले ५ वर्षको उमेरमा स्कूल सुरु गर्नेछन्। यदि तपाईंले आफ्नो बच्चा ४ वर्ष लागेको वर्षमा तीन-वर्षे किन्डरगार्टेनमा पठाउन रोज्नुभयो भने, उनीहरू ६ वर्ष लाग्दा स्कूल सुरु गर्नेछन्।

यदि तपाईंको बच्चा ESK को लागि योग्य हुँदा तपाईंलाई व्यवस्था गर्न मद्दत चाहिन्छ भने, तपाईंले शिक्षा विभाग, तपाईंको स्थानीय काउन्सिल, तपाईंको मातृ तथा बालबालिका स्वास्थ्य नर्स, वा तपाईंको क्षेत्रको एक किन्डर, वा तपाईंको क्षेत्रमा निम्न संस्थाहरुमध्ये कुनैमा सम्पर्क गर्न सक्नुहुन्छ:

के मेरो बच्चा चार-वर्षे किन्डरगार्टनमा जानुपर्छ?

जानुपर्छ, प्रारम्भिक शुरुवाती किन्डरगार्टेन पहुँच गरेका बालबालिकाहरू नि:शुल्क वा कम लागतमा चार-वर्षे किन्डरगार्टनको लागि योग्य हुन्छन्। २०२५ देखि, चार वर्षको उमेरको किन्डरगार्टेन बिस्तारै प्रि-प्रेप हुन गइरहेको छ। २०२६ सम्ममा निम्न बच्चाहरूका लागि प्रत्येक हप्ता प्रि-प्रेपको लागि २५ घण्टासम्म उपलब्ध हुनेछ:

अघिल्लो वर्ष ESK मार्फत भर्ना हुँदा तपाईंको बच्चा भिक्टोरियामा जहाँसुकै बसे पनि हरेक हप्ता प्रि-प्रेपमा बढेको समयमा पहुँच लिन सक्ने कुराको ग्यारेन्टी हुन्छ। अघिल्लो वर्ष ESK मा भर्ना नभएका परिवारहरू पनि प्रि-प्रेपको लागि योग्य हुनेछन्।

Updated 26 March 2026



About the VIC Government

Grants and programs

Jobs and careers

Arts, culture and heritage

Business and the workplace

Communities

Education and training

Environment, water and energy

Finance and economy

Health and social support

Housing and property

Law and justice

Safety and emergencies

Science and technology

Sport and recreation

Traffic and transport

Working in the Victorian Government