Mini vic.gov.au

This is a low bandwidth version of vic.gov.au. Contents may not be up to date. © Copyright State Government of Victoria

किन्डरले कसरी काम गर्छ? (How kinder works) - नेपाली (Nepali)

On this page

किन्डर, जसलाई ‘किन्डरगार्टेन’ वा ‘प्रारम्भिक बाल्यकाल शिक्षा’ पनि भनिन्छ, यो तपाईंको बच्चाको विकास र सिकाइको महत्त्वपूर्ण भाग हो। ३ वर्षको उमेरमा गुणस्तरीय किन्डर कार्यक्रम सुरु गर्नाले उनीहरूलाई जीवन र विद्यालयमा राम्रो उपलब्धि हासिल गर्ने सीप विकास गर्न मद्दत गर्न सक्छ।

उनीहरूले तीन- र चार-वर्ष उमेरको किन्डर कुन वर्ष सुरु गर्न सक्छन् भनेर पत्ता लगाउन तपाईंले सुरु गर्ने उमेर क्याल्कुलेटर (Starting Age Calculator) मा आफ्नो बच्चाको जन्ममिति प्रविष्ट गर्न सक्नुहुन्छ।

प्रि‍-प्रेप (Pre-Prep) भनेको के हो?

२०२५ देखि, चार वर्षको उमेरको किन्डरगार्टनलाई प्रि-प्रेप भनिन्छ।

२०२६ देखि, निम्न बच्चाहरूका लागि प्रत्येक हप्ता १६ देखि २५ घण्टा प्रि-प्रेप उपलब्ध छ:

प्रि-प्रेप खेलमा आधारित रहि रहनेछ र प्रारम्भिक बाल्यकालका योग्य शिक्षकहरूको नेतृत्वमा हुनेछ।

अतिरिक्त समयले बच्चाहरूलाई खेलको माध्यमबाट सिक्न र उनीहरूका सीपहरू र आत्मविश्वास निर्माण गर्न थप समय दिन्छ।

प्रि-प्रेप स्वतन्त्र रूपमा सञ्चालन हुने (सत्रगत) किन्डरगार्टेन र लामो दिनको हेरचाह केन्द्रहरू मार्फत प्रदान गरिन्छ।

प्रि-प्रेप, चार वर्षको उमेरको किन्डरगार्टेन र तीन वर्षको उमेरको किन्डर नि:शुल्क किन्डरका हिस्सा हुन्। नि:शुल्क किन्डर (Free Kinder) को बारेमा थप जान्नुहोस्।

किन्डरगार्टनको समय

आर्थिक सहयोग प्राप्त तीन-वर्षे किन्डरगार्टन कार्यक्रमहरू प्रति हप्ता ५ देखि १५ घण्टाको लागि उपलब्ध छन्। आर्थिक सहयोग प्राप्त चार-वर्षे किन्डरगार्टन कार्यक्रमहरू प्रति हप्ता १५ घण्टाको लागि उपलब्ध छन्।

चार वर्षको उमेरको किन्डर भिक्टोरियामा प्रि-प्रेप बन्न गइरहेको छ जसमा प्रत्येक हप्ता समय बिस्तारै १५ घण्टाबाट ३० घण्टासम्म बढ्दै जानेछ।

प्रमाणित परिणामहरू

किन्डर कार्यक्रममा जाने बालबालिकाहरूले संख्या र अक्षरहरू कसरी गन्ने र पहिचान गर्ने र समस्याहरू कसरी समाधान गर्नेजस्ता सीपहरू विकास गर्न थाल्छन्। तपाईंको बच्चाले किन्डरमा आफ्नो आत्मविश्वास र आत्मनिर्भरता निर्माण गर्नेछ र सामाजिक तथा भावनात्मक सीपहरू सिक्नेछ। उनीहरू आफूलाई सामाजीकरण गर्नेछन् र नयाँ साथीहरू बनाउनेछन् ।

जब तपाईंको बच्चा निरन्तर रूपमा किन्डरमा उपस्थित हुन्छ, उनीहरूले आफ्ना साथीहरू र शिक्षकहरूसँग गहिरो सम्बन्धहरू अनुभव गर्छन्। आफ्नोपनको यो भावनाले तपाईंको बच्चालाई मूल्यवान, सुरक्षित र अन्वेषण गर्न र सिकाइको आनन्द लिनको लागि विश्वस्त महसुस गर्न मद्दत गर्दछ।

किन्डरको पूर्वानुमेयता र दिनचर्याले संरचना प्रदान गर्दछ जसले तपाईंको बच्चालाई समूहमा रहेर सिक्नेबारे बढी विश्वस्त महसुस गर्न मद्दत गर्दछ। नियमित रूपमा किन्डरमा जानाले तपाईंको बच्चालाई सजिलै विद्यालयमा स्थानान्तरण गर्न मद्दत गर्न सक्छ। यो किनभने बच्चाहरू जो लगातार किन्डरमा उपस्थित हुन्छन्, उनीहरूले विद्यालय सुरू गरेपछि उनीहरूको सहभागिताको स्तर कायम राख्ने सम्भावना बढी हुन्छ।

16 वर्षको उमेरमा, स्कूल सुरु गर्नु अघि दुई वा तीन वर्षे किन्डर कार्यक्रममा भाग लिएका विद्यार्थीहरूले भाग नलिएकाहरूको तुलनामा अंग्रेजी र गणितमा उच्च अंक प्राप्त गरेको अनुसन्धानले देखाउँछ।

अभिभावक र किन्डर शिक्षकहरूले कसरी सहकार्य गर्छन्?

किन्डरले अभिभावक/हेरचाहकर्ता, परिवार र शिक्षकहरूबीच साझेदारीको रूपमा राम्रो काम गर्दछ। अभिभावक/हेरचाहकर्ताको रूपमा, तपाईं आफ्नो बच्चाको विकासको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ। तपाईंले उनीहरूलाई सही र गलत, आफ्नो भाषा, संस्कृति, दया र सम्मान जस्ता मूल्यमान्यताहरू सिकाउनुहुन्छ। किन्डरमा के भइरहेको छ र तपाईंको बच्चालाई घरमा सिकाइ जारी राख्न मद्दत गर्ने तरिकाबारे शिक्षकहरूले तपाईंसँग कुरा गर्नेछन्। उनीहरूले तपाईंको बच्चाको रुचि र तिनीहरू कसरी सिक्न मन पराउँछन् भन्नेबारे जान्न चाहन्छन्।

तपाईंले आफ्नो किन्डर शिक्षकलाई कुनै पनि समयमा दोभाषेको व्यवस्था गरिदिन भन्न सक्नुहुन्छ। यो स्थलगत वा टेलिफोन वा भिडियोमार्फत हुन सक्छ। यो सेवामा पहुँच गर्न परिवारहरूलाई कुनै शुल्क लाग्दैन।

यदि तपाईं आफ्नो किन्डरसँग रूचाइएको भाषामा कुरा गर्न चाहनुहुन्छ भने तपाईंले निःशुल्क अभिभावक र हेरचाहकर्ता इन-बाउन्ड टेलिफोन (फोन गर्दा उपलब्ध हुने) दोभाषे सेवा प्रयोग गर्न सक्नुहुन्छ। यो सेवा हाल ३० भाषाहरूमा प्रदान गरिएको छ।

तपाईंले दोभाषेलाई किन्डरको नाम र फोन नम्बर बताउनुहुनेछ र दोभाषे फोनमा रहनेछ र तपाईंको कुरा समाप्त नभएसम्म अनुवाद गर्नेछ। आमाबाबु र हेरचाहकर्ताहरूको लागि मार्गनिर्देशन मा रहेका चरणहरू पालना गर्नुहोस्।

किन्डरमा के हुन्छः

शिक्षकहरूले बालबालिकाहरूलाई खेल मार्फत सिक्न प्रोत्साहित गर्छन्। चित्र, गायन, आरोहण, खन्ने र बाहिर दौडने, खेलौनाहरूसँग खेल्ने र किताबहरू पढ्नेलगायतका गतिविधिहरू समावेश हुन सक्छन्। खेलले बच्चाहरूलाई आफ्नो कल्पनाशक्ति प्रयोग गर्न र आविष्कार गर्न प्रोत्साहित गर्छ, साथै अरूसँग साझेदारी गरेर र पालैपालो मिलेर सहकार्य गर्न सहयोग गर्छ। बच्चाहरूले अङ्ग्रेजी कसरी बोल्ने र बुझ्नेलगायत ध्वनि, शब्द र भाषाको बारेमा सिक्नेछन्।

किन्डरहरु हाम्रो बहुसांस्कृतिक समुदायका अंश हुन्?

किन्डर कार्यक्रमहरूले सबै पृष्ठभूमिका अभिभावकहरूलाई उनीहरूको समुदायको हिस्सा बन्न आमन्त्रण गर्दछन्। यी त्यस्ता ठाउँ हुन् जहाँ अभिभावकहरू भेटघाट हुने र आफ्ना कथाहरू बताएर एकअर्काबाट सिक्न सक्छन्।

शिक्षकहरूले तपाईंको बच्चा र तपाईंको संस्कृतिको बारेमा जान्न चाहन्छन्। यसले उनीहरूलाई सांस्कृतिक दिवसहरू र कार्यक्रमहरूमा आधारित गतिविधिहरू र भिक्टोरियामा विविधतालाई मनाउने लगायत तपाईंको बच्चाको लागि अर्थपूर्ण कार्यक्रमहरू तयार गर्न मद्दत गर्दछ।

शिक्षकहरूले गतिविधिहरूमा सबैलाई समावेश गर्दछन्, जसले गर्दा अँग्रेजी नबोल्ने बच्चाहरूलाई अरूले जस्तै खेल्ने र सिक्ने अवसरहरू प्राप्त हुन्छ। केही किन्डर कार्यक्रमहरूमा द्विभाषी शिक्षकहरू हुन्छन् जसले अँग्रेजी थोरै बोल्ने वा बोल्दै नबोल्ने बालबालिकाहरूलाई मद्दत गर्छन्। बालबालिकाहरूलाई अरूसँग मिल्न र स्वीकार गर्न तथा सांस्कृतिक भिन्नताहरूलाई सम्मान गर्न पनि सिकाइन्छ।

किन्डर कार्यक्रमका प्रकारहरू

बालबालिकाहरू तीन-वर्षे किन्डरगार्टन कार्यक्रमको लागि लामो समयको डे केयर (चाइल्ड केयर पनि भनिने) केन्द्रमा वा स्ट्यान्डअलोन (सत्रगत पनि भनिने) किन्डर सेवामा जान सक्छन्। यी सेवाहरूले सामान्यतया चार-वर्षे किन्डरगार्टन कार्यक्रम पनि प्रदान गर्छन्।

लामो समयको डे केयर केन्द्रले एक किन्डर कार्यक्रमसहित पूरा दिन शिक्षा र हेरचाह प्रदान गर्न सक्छ। शिक्षकको नेतृत्वमा किन्डर कार्यक्रमलाई शिक्षा र हेरचाहको अतिरिक्त समयसँग एकीकृत गर्न सकिन्छ।

स्ट्यान्डअलोन सेवामा, किन्डर कार्यक्रम निश्चित दिन र निश्चित समयमा मात्र सञ्चालन हुनेछ। एक स्ट्यान्डअलोन सेवा सामान्यतया स्कूलको अवधिमा 40 हप्ताको लागि सञ्चालन हुन्छ र विद्यालय बिदाको समयमा बिदा हुनेछ। यी दिन र समय किन्डर सेवा केन्द्रद्वारा निर्धारित गरिन्छ।

Updated 26 March 2026



About the VIC Government

Grants and programs

Jobs and careers

Arts, culture and heritage

Business and the workplace

Communities

Education and training

Environment, water and energy

Finance and economy

Health and social support

Housing and property

Law and justice

Safety and emergencies

Science and technology

Sport and recreation

Traffic and transport

Working in the Victorian Government