Mini vic.gov.au

This is a low bandwidth version of vic.gov.au. Contents may not be up to date. © Copyright State Government of Victoria

किन्डर किट (Kinder Kits) - नेपाली (Nepali)

२०२५ देखि, वित्त पोषित तीन वर्षको उमेरको किन्डरगार्टेन कार्यक्रममा भर्ना भएको प्रत्येक बच्चा किन्डर किट प्राप्त गर्न योग्य छ।

परिवारहरूको लागि मार्गदर्शन

तपाईंको किन्डर किटबारे

तपाईंको बच्चालाई खेलमा संलग्न गराउनु उनीहरूको सिकाइ र विकासलाई सहयोग गर्ने एक उत्तम तरिका हो। आमाबाबु, हेरचाहकर्ता र परिवारहरू त्यो यात्राको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हुन्।

किन्डर किटहरू पुस्तकहरू, शैक्षिक खेलौनाहरू र तपाईंको बच्चा र परिवारका लागि घरमै रमाउनका लागि बनाइएका गतिविधिहरूले भरिएका छन्।

प्रत्येक किन्डर किटमा विशेषगरि तीन वर्षका बच्चाहरूका लागि बनाइएका वस्तुहरू समावेश हुन्छन्।

Illustration of three children playing. One is reading a book, one is colouring in, one is holding animal finger puppets.

भिक्टोरियाको प्रारम्भिक वर्षको सिकाइ र विकासको रूपरेखा (Victorian Early Years Learning and Development Framework)

प्रारम्भिक बाल्यकालका शिक्षक र शिक्षाविदहरूले तपाईंको बच्चालाई हुर्कन र सिक्न मद्दत गर्छन्।

किन्डरगार्टेन कार्यक्रमहरूले बच्चाहरूको सिकाइ र विकासलाई मार्गदर्शन गर्न भिक्टोरियाको प्रारम्भिक वर्षहरूको सिकाइ तथा विकासको रूपरेखा (Victorian Early Years Learning and Development Framework) (VEYLDF) प्रयोग गर्दछन्।

तपाईंको किन्डर किटमा भएका सबै कुराहरू VEYLDF मा भएका एक वा बढी परिणामहरूसँग सम्बन्धित हुन्छन्।

ब्याकप्याक

किन्डर किट ब्याकप्याक (झोला) हरूलाई हरेक दिन सामानहरू बोक्न र खेल्नको लागि प्रयोग गर्न सकिन्छ।

तपाईंको बच्चाले पछाडि रहेको कार्डबोर्ड ट्यागमा चित्र कोर्न सक्छ, ताकि कुन ब्याकप्याक आफ्नो हो भनेर उनीहरूलाई थाहा होस्।

ब्याकप्याक खोल्नुहोस् र कल्पनाशील खेलको लागि फिल्ट सतह प्रयोग गर्न भेल्क्रो ट्याब (टाँसिने पट्टीहरू) हरू तानेर टाँस्नुहोस्।

पढाइ

परिवारको रूपमा सँगै समय बिताउनको लागि पढाइ एक उत्तम तरिका हो। यो साक्षरता विकासलाई सहायता गर्ने सबैभन्दा महत्त्वपूर्ण तरिकाहरू मध्ये एक हो।

तपाईंको बच्चासँग नियमित कथा सुनाउने समय बिताउनाले उनीहरूको कल्पना र शब्दावली विकास गर्न मद्दत गर्दछ।

चित्र कोर्ने र चिन्ह बनाउने

चित्र कोर्नाले र चिन्ह निर्माणले बच्चाहरूलाई रचनात्मक रूपमा आफूलाई अभिव्यक्त गर्न र आत्मविश्वास निर्माण गर्न अनुमति दिन्छ। कागजमा क्रेयन्सको प्रयोग गरेर बच्चाहरूले:

रचनात्मक गतिविधिहरू

रचनात्मक खेलले तपाईंको बच्चाको सबै ५ इन्द्रियहरू – दृष्टि, गन्ध, श्रवण, स्पर्श र स्वादलाई समयबद्ध गर्दछ। यो तपाईंको वरपरको संसारको बारेमा अन्वेषण गर्ने, पत्ता लगाउने र सिक्ने रमाइलो तरिका हो।

बाहिरी खेल

सुपरिवेक्षित बाहिरी खेल तपाईंको बच्चाको लागि वृद्धि, विकास र कल्याणको ठूलो हिस्सा हो।

बच्चाहरूले:

नाटकीय खेल

नाटकीय खेलले बच्चाहरूलाई काल्पनिक कथाहरूको अभिनय गर्न र अन्य पात्रहरूको भूमिका खेल्न प्रोत्साहित गर्दछ।

बच्चाहरूले महत्त्वपूर्ण भाषा र सामाजिक सीपहरूको अभ्यास गर्न नाटकीय खेल प्रयोग गर्छन्, जसमा निम्न समावेश छन्:

खेलहरू

परिवार र साथीहरूसँग खेल खेल्नु तपाईंको बच्चाको सामाजिक सीपहरू निर्माण गर्ने उत्तम तरिका हो।

खेलहरूले बच्चाहरूलाई संख्यात्मकता, भाषा र समस्या समाधान गर्ने सीपहरू सिक्न मद्दत गर्न सक्छन्।

समुदाय निर्माण गर्ने

खेलद्वारा नै बच्चाहरूले आफू र वरपरको संसारको बारेमा पत्ता लगाउँछन् र सिक्छन्। बच्चाहरूको लागि, खेल र सिकाइ सँगसँगै जान्छ। तपाईंका किन्डर किटका वस्तुहरूले तपाईंलाई विविधता र विभिन्न संस्कृतिहरूका बारेमा कुराकानी गर्न मद्दत गर्दछ।

पहिचानको सम्मान गर्ने

बच्चाबच्चीहरूलाई सबै संस्कृतिहरूका बारेमा सिक्न प्रोत्साहित गर्नाले समझदारी, स्वीकृति र गर्व निर्माण हुन्छ। आदिवासी र टोरेस स्ट्रेट टापूवासी संस्कृतिहरू, र यहाँ भिक्टोरियामा, Koorie संस्कृतिहरू, आज जीवित छन् र फस्टाइरहेका छन्। हामी उनीहरूलाई किटमा लेखक र कलाकारको रूपमा मनाउनमा गर्व गर्छौं।

यहाँ केही गतिविधिहरू छन् जसले तपाईंको बच्चालाई कूरी (Koorie) परम्परा र संस्कृतिको बारेमा थप जान्न मद्दत गर्दछ:

अष्लान (Auslan) भाषामा पुस्तकहरू

Auslan भिक्टोरियाको प्रारम्भिक बाल्यकाल भाषा कार्यक्रममा प्रयोग गरिने साङ्केतिक भाषा हो। यो कार्यक्रम केही किन्डरगार्टेनहरूमा उपलब्ध छ।

सानो उमेरमा अर्को भाषा सिक्दा बच्चाबच्चीहरूलाई निम्न लगायत धेरै फाइदाहरू हुन्छन्:

किन्डर किटमा समावेश गरिएका धेरै पुस्तकहरूमा Auslan अनुवादहरू उपलब्ध छन्

कल्याण तथा अतिरिक्त सहयोग

बच्चाहरूको सुरक्षा र कल्याण भन्दा महत्त्वपूर्ण अरू केही छैन। तपाईंको सेवालाई तिनीहरूले बच्चाहरूलाई कसरी सुरक्षित राख्छन् भनेर सोध्नुहोस्।

हरेक बच्चाहरूले फरक तरिकाले र आफ्नै गतिमा सिक्छन्। यदि तपाईंलाई कुनै चिन्ताहरू छन् भने आफ्नो प्रारम्भिक बाल्यकाल शिक्षकसँग कुरा गर्नुहोस्। यदि तपाईंलाई वा तपाईंको बच्चालाई थप सहयोग चाहिन्छ भने, निम्न मार्गहरू मार्फत मद्दत उपलब्ध छ:

प्रारम्भिक बाल्यकाल शिक्षामा करियरहरू

भिक्टोरियाको बढ्दो किन्डरगार्टेन क्षेत्रमा करियर सुरू गर्ने विचार गर्नुहोस्। तपाईंलाई प्रारम्भिक बाल्यकालको शिक्षक वा शिक्षाविद बन्न मद्दत गर्न, निम्न कुराहरू छन्:

Illustration of two children sitting on the floor playing with blocks while two adults talk, speech bubble from one adult with text

तपाईंको किन्डर किट दान गर्दै

एकचोतपाईंको बच्चाले उनीहरूको किन्डर किट सामाग्रीहरू चलाएर सकेपछि, कृपया तिनीहरूलाई जिम्मेवारीपूर्वक फालिदिनुहोस्।

यदि सामाग्रीहरू राम्रो अवस्थामा छन् भने त्यसलाई परोपकारी संस्थामा दान गर्नेबारे सोच्नुहोस्। आफैँलाई सोध्नुहोस् ‘के मैले यो मेरो साथीलाई दिन्थेँ होला?’। यदि उत्तर दिन्थेँ हो भने, परोपकारी संस्थालाई दान दिनु उचित हुन्छ।

यदि तपाईंका सामाग्रीहरू दान गर्न उपयुक्त छैनन् भने, कृपया सम्भव भएसम्म तिनीहरूलाई पुनः चक्रण (रिसाइकल) गर्नुहोस्।

फोहोरलाई घटाउनाले र राम्ररी फाल्नाले सफा, अझ हरियो भिक्टोरिया निर्माण गर्न मद्दत गर्दछ।

Education & training

Updated 13 February 2026



About the VIC Government

Grants and programs

Jobs and careers

Arts, culture and heritage

Business and the workplace

Communities

Education and training

Environment, water and energy

Finance and economy

Health and social support

Housing and property

Law and justice

Safety and emergencies

Science and technology

Sport and recreation

Traffic and transport

Working in the Victorian Government