Mini vic.gov.au

This is a low bandwidth version of vic.gov.au. Contents may not be up to date. © Copyright State Government of Victoria

स्वयंसेवा कसरी गर्ने (How to volunteer - Nepali)

स्वयंसेवा कसरी प्रारम्भ गर्ने, तपाईंले के गर्नुपर्छ, र तपाईंको रुचिसँग मेल खाने कामको भूमिकाहरू कसरी फेला पार्ने भन्ने बारे जान्नुहोस्। औपचारिक स्वयंसेवा सामान्यतया गैर-नाफामुखी सामुदायिक संस्थाहरू मार्फत आयोजना गरिन्छ। यिनीहरूलाई ‘स्वयंसेवी-सम्मिलित संस्थाहरू’ पनि भनिन्छ। औपचारिक स्वयंसेवा पदको लागि आवेदन दिनु भनेको जागिरको लागि आवेदन दिनु जस्तै हो।

स्वयंसेवा दिने संस्थाहरूले प्रायः आफ्नो आवश्यकतासँग मिल्दोजुल्दो व्यक्तिहरू खोज्ने प्रक्रिया अघि सार्छन्। यदि तपाईं औपचारिक स्वयंसेवक पदको लागि आवेदन दिन चाहनुहुन्छ भने, संस्था र उपलब्ध कामको प्रकारको बारेमा सकेसम्म धेरै कुरा पत्ता लगाउनु महत्त्वपूर्ण हुन्छ। तपाईंले गर्न चाहेको काम छ कि छैन् भनेर पत्ता लगाउन यसले मद्दत गर्नेछ।

प्रारम्भ

स्वयंसेवाको लागि तयार हुने पहिलो चरण भनेको निम्न कुराहरू बारे सोच्नु हो:

थप मापदण्डहरू

संस्थाहरूले वयस्क युवाहरूलाई स्वयंसेवामा संलग्न गराउनु अघि अभिभावकको सहमति लिन आवश्यक पर्न सक्छ। वयस्कहरूले प्रहरी जाँच (police check) वा बालबालिकासँग काम गर्दा बुझाउनु पर्ने जाँच working with children check उपलब्ध गराउन पर्ने हुनसक्छ। केही स्वयंसेवकका भूमिकाहरूका लागि तपाईंले अन्तर्वार्ता वा तालिम सम्बन्धी अध्ययन गर्नुपर्ने हुन सक्छ। यसले बहुमूल्य सीप र अनुभव प्रदान गर्न सक्छ।

स्वयंसेवी-सम्मिलित संस्थाहरू खोज्ने सम्बन्धमा

तपाईंको लागि उपयुक्त स्वयंसेवाको भूमिका र सामुदायिक संस्था खोज्ने धेरै तरिकाहरू छन्। केही विकल्पहरूमा निम्न समावेश छन्:

भिक्टोरियाका विभिन्न क्षेत्रहरूका बारेमा स्वयंसेवा बारे जानकारी प्राप्त गर्नको लागि तपाईंले स्वयंसेवा संसाधन पृष्ठ पनि पढ्न सक्नुहुन्छ।

Communities

Updated 9 October 2025



About the VIC Government

Grants and programs

Jobs and careers

Arts, culture and heritage

Business and the workplace

Communities

Education and training

Environment, water and energy

Finance and economy

Health and social support

Housing and property

Law and justice

Safety and emergencies

Science and technology

Sport and recreation

Traffic and transport

Working in the Victorian Government