Mini vic.gov.au

This is a low bandwidth version of vic.gov.au. Contents may not be up to date. © Copyright State Government of Victoria

कसरी र कहिले भर्ना हुने (How and when to enrol) - नेपाली (Nepali)

On this page

कसरी भर्ना गर्ने

भर्ना प्रक्रियाको बारेमा आफ्नो स्थानीय काउन्सिल वा किन्डरगार्टेन सेवा सँग कुरा गर्नुहोस्। तपाईंले तीन-वर्षे किन्डरगार्टेन सोधपुछ लाइनलाई 1800 338 663 मा फोन गर्न सक्नुहुन्छ वा 3YO.kindergarten@education.vic.gov.au मा इमेल गर्न सक्नुहुन्छ।

तपाईंको भाषामा सहायता पाउनको लागि वा दोभाषे प्राप्त गर्न, पहिले राष्ट्रिय अनुवाद र दोभाषे सेवालाई 131 450 मा फोन गर्नुहोस्।

तपाईंले आफ्नो किन्डरसँग नि:शुल्क आमाबाबु र हेरचाहकर्ताहरू इन-बाउन्ड टेलिफोन दोभाषे सेवा कसरी प्रयोग गर्ने भन्नेबारे जानकारीको लागि पनि सोध्न सक्नुहुन्छ।

प्रारम्भिक शुरुवाती किन्डरगार्टन (ESK)

शरणार्थी वा शरण खोज्ने पृष्ठभूमिका बच्चाहरूले अतिरिक्त सहायताहरूमा पहुँच लिन सक्छन् र प्रारम्भिक शुरुवाती किन्डरगार्टेन (Early Start Kindergarten) मार्फत किन्डरगार्टनमा पहुँच लिने प्राथमिकता पाउन सक्छन्। तपाईंले आफ्नो बच्चा भर्ना गर्दा प्रारम्भिक शुरुवाती किन्डरगार्टेन को बारेमा आफ्नो स्थानीय सेवालाई सोध्न सक्नुहुन्छ, वा थप जानकारीको लागि प्रारम्भिक शुरुवाती किन्डरगार्टेनमा जान सक्नुहुन्छ।

भर्ना कहिले गर्ने

भिक्टोरियामा तपाईंले बच्चाहरूलाई ३ वर्षको हुँदा किन्डर कार्यक्रम सुरु गराउन सक्नुहुन्छ। तपाईंको बच्चाले तीन- र चार-वर्षे किन्डर वा प्री-प्रेप कुन वर्षमा सुरु गर्न सक्छन् भनेर पत्ता लगाउन तपाईंले सुरु गर्ने उमेरको क्याल्कुलेटर (Starting Age Calculator) मा आफ्नो बच्चाको जन्ममिति प्रविष्ट गर्न सक्नुहुन्छ।

यदि तपाईंको बच्चा जनवरी १ देखि अप्रिल ३० को बीचमा जन्मिएको हो भने तपाईंले तीन-वर्षे किन्डरगार्टन कुन वर्ष सुरु गर्ने भनेर छान्न सक्नुहुन्छ। तपाईंको बच्चा ३ वर्ष उमेर पूरा भएको वर्ष वा ४ वर्ष लागेको वर्षमा तीन-वर्षे किन्डरगार्टेन सुरु गर्न सक्छन्। यदि तपाईंको बच्चाले ३ वर्षको उमेरमा तीन-वर्षे किन्डरगार्टन सुरु गर्छन् भने, त्यसपछि उनीहरुले ५ वर्षको उमेरमा स्कूल सुरु गर्नेछन्। यदि तपाईंले आफ्नो बच्चा ४ वर्ष लागेको वर्षमा तीन-वर्षे किन्डरगार्टेनमा पठाउन रोज्नुभयो भने, उनीहरू ६ वर्ष लाग्दा स्कूल सुरु गर्नेछन्।

किन्डर कार्यक्रम खोज्नुहोस्

स्वीकृती प्राप्त किन्डर कार्यक्रमहरू प्रदान गर्ने सेवाहरू फेला पार्न, किन्डर कार्यक्रम खोज्ने वेबसाइट मा जानुहोस्। तपाईंको स्थानीय काउन्सिल र किन्डरगार्टेन सेवाहरूले तपाईंलाई किन्डरगार्टेनमा स्थान दिलाउन पनि मद्दत गर्न सक्छन्।

किन्डर टिक (Kinder Tick) खोज्नुहोस्

किन्डर टिक ले भिक्टोरियाबसी परिवारहरूलाई आफ्ना बच्चाहरूको लागि स्वीकृती प्राप्त किन्डर कार्यक्रम फेला पार्न मद्दत गर्छ।

तपाईंको स्थानीय किन्डरगार्टन सेवामा, सेवा वा केन्द्रको भवन वा मैदानमा, तिनीहरूको वेबसाइटमा वा तिनीहरूको जानकारी सामग्रीहरूमा किन्डर टिक (Kinder Tick) लोगो हेर्नुहोस्।

Updated 26 March 2026



About the VIC Government

Grants and programs

Jobs and careers

Arts, culture and heritage

Business and the workplace

Communities

Education and training

Environment, water and energy

Finance and economy

Health and social support

Housing and property

Law and justice

Safety and emergencies

Science and technology

Sport and recreation

Traffic and transport

Working in the Victorian Government