Mini vic.gov.au

This is a low bandwidth version of vic.gov.au. Contents may not be up to date. © Copyright State Government of Victoria

प्रारम्भिक बाल्यकाल शिक्षामा क्यारियर अवसरहरू (Career Opportunities in Early Childhood Education) - नेपाली (Nepali)

On this page

प्रारम्भिक बाल्यकाल शिक्षामा नयाँ शिक्षक र शिक्षाकर्मीहरुका लागि क्यारियर अवसरहरू

भिक्टोरिया सरकारले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका परिवारहरू सहित सबै भिक्टोरियाबासी परिवारहरूको नतिजामा सुधार गरेर परिवर्तन ल्याउन प्रतिबद्ध छ।

यो वाचा पूरा गर्न, Best Start, Best Life (उत्कृष्ट शुरूवात, उत्कृष्ट जीवन) सुधारले प्रारम्भिक बाल्यकालको कार्यबललाई उल्लेखनीय रूपमा विस्तार गर्न ३७० मिलियन डलर भन्दा बढी लगानी गर्नेछ।

राज्यभरबाट ११,००० भन्दा बढी थप प्रारम्भिक बाल्यकाल शिक्षक र शिक्षाकर्मीहरूलाई आकर्षित गर्न र सयोग गर्न विभिन्न कार्यबल डिजाइन गर्ने पहलहरू गरिएको छ।

प्रारम्भिक बाल्यकाल शिक्षामा क्यारियर बनाउन चाहने सबै पृष्ठभूमिका योग्य उम्मेदवारहरूलाई आर्थिक र गैर-आर्थिक दुवै सहयोग उपलब्ध छ।

तपाईं कसरी प्रारम्भिक बाल्यकाल शिक्षक वा शिक्षाकर्मी बन्न सक्नुहुन्छ भन्ने बारे थप जान्नका लागि तलको जानकारी हेर्नुहोस्।

प्रारम्भिक बाल्यकाल शिक्षामा क्यारियर बनाउनुहोस्

प्रारम्भिक बाल्यकाल शिक्षक वा शिक्षाकर्मी बन्न इच्छुक व्यक्तिहरूका लागि थुप्रै अध्ययनका विकल्पहरू र आर्थिक सहायताहरू उपलब्ध छन्। थप जानकारीको लागि, प्रारम्भिक बाल्यकालमा अध्ययन र काम गर्न आर्थिक सहयोग | vic.gov.au मा हेर्नुहोस्।

प्रारम्भिक बाल्यकाल शिक्षामा क्यारियर र अध्ययनको लागि आर्थिक सहयोगको बारेमा थप जानकारीको लागि, प्रारम्भिक बाल्यकाल शिक्षक वा शिक्षाकर्मी बन्नुहोस् मा हेर्नुहोस्।

रोजगारी

प्रारम्भिक बाल्यकाल शिक्षामा रोजगारी, व्यक्तिगत सेवा प्रबन्धकहरू र किन्डर कार्यक्रमहरूका प्रदायकहरूद्वारा व्यवस्थापन गरिन्छ।

कस्ता जागिरहरू उपलब्ध छन् भनी हेर्न र यस क्षेत्रमा काम गर्ने व्यक्तिहरूको घटना अध्ययनहरू (case studies) गर्न प्रारम्भिक बाल्यकाल रोजगारको वेबसाइट मा जानुहोस्।

अतिरिक्त सहयोग प्रदान गर्ने प्रारम्भिक बाल्यकाल शिक्षा पाठ्यक्रमहरूका लागि, प्रारम्भिक बाल्यकाल उच्च शिक्षा साझेदारी कार्यक्रम | vic.gov.au मा जानुहोस्।

Updated 26 March 2026



About the VIC Government

Grants and programs

Jobs and careers

Arts, culture and heritage

Business and the workplace

Communities

Education and training

Environment, water and energy

Finance and economy

Health and social support

Housing and property

Law and justice

Safety and emergencies

Science and technology

Sport and recreation

Traffic and transport

Working in the Victorian Government