भिक्टोरियाको जातिवादविरुद्ध रणनीति २०२४ - २०२९ (Victoria’s anti-racism strategy 2024-2029) - नेपाली (Nepali)
भिक्टोरियाको पहिलो सम्पूर्ण सरकार जातिवादविरुद्ध रणनीति भिक्टोरियामा जातिवाद र भेदभाव रोक्नको लागि ५-वर्षे योजना हो ।
On this page
Victoria’s anti-racism strategy in Nepali PDF 1.19 MB (opens in a new window)
मिलेर काम गरेर हामी एक झन् निष्पक्ष, सुरक्षित भिक्टोरिया निर्माण गर्न सक्छौं जहाँ सबैलाई समावेश गरिएको महसुस हुन्छ ।
जातिवाद के हो?
जातिवाद भेदभावको एक रूप हो जहाँ मानिसहरूलाई उनीहरूको जाति वा जातीयताको कारण अन्यायपूर्ण व्यवहार गरिन्छ । यसमा मौखिक दुर्व्यवहार, बहिष्कार वा अरूलाई जस्तै समान पहुँच वा अवसर नदिनु समावेश हुन सक्छ ।
जातिवाद धेरै तरिकामा प्रस्तुत हुन सक्छ । यो रणनीति जातिवादलाई सम्बोधन गर्न निम्नमा केन्द्रित छ:
- समुदाय
- संगठन र संस्थाहरू
- कानून, नीति र प्रणालीहरू ।
हाम्रो दर्शन
जातिवाद र भेदभावबाट मुक्त भिक्टोरिया, जहाँ सबै भिक्टोरियावासीहरूले समान अधिकार, स्वतन्त्रता र सुरक्षाको आनन्द लिन्छन्, र सुरक्षित, स्वस्थ र सहयोगी समुदायहरूमा फस्टाउँछन् ।
यस रणनीतिमा भिक्टोरियामा जातिवाद र भेदभाव कम गर्ने ४ लक्ष्यहरू छन्:
- लक्ष्य १: जातिवादी मनोवृत्ति, व्यवहार र आस्थाहरूलाई पहिचान गरिन्छ, चुनौती दिइन्छ र अस्वीकार गरिन्छ ।
- लक्ष्य २: सरकारी सेवा र कार्यस्थलहरू सुरक्षित, पहुँचयोग्य र भेदभावरहित छन् ।
- लक्ष्य ३: जातिवाद र भेदभाव अब सबै क्षेत्रहरूमा सहभागिता, प्रगति, सुरक्षा र सफलताका बाधाहरू हैनन् ।
- लक्ष्य ४: जातिवादको अधीनमा रहेका व्यक्तिहरूले उपयुक्त र सांस्कृतिक रूपमा सुरक्षित सेवाहरू र सहायताहरू प्राप्त गर्छन् ।
दर्शन अनुसारको कार्यान्वयन
जातिवाद विरोधी रणनीतिले निम्न कार्यहरू गर्नेछ:
- सामुदायिक खेलकुदमा जातिवादलाई सम्बोधन गर्न राज्यव्यापी अभियान सञ्चालन गर्ने
- स्थानीयस्तरमा जातिवादलाई चुनौती दिन समुदायको नेतृत्वमा हुने कार्यलाई सहयोग गर्ने
- घृणास्पद भाषण र व्यवहारविरुद्धको सुरक्षा र कानूनलाई सुदृढ गर्ने
- उजुरीहरूको पर्यवेक्षण गर्ने संस्थाहरूले जातिवादको रिपोर्टहरूको जवाफ दिने तरिका सुधार गर्ने
- नीतिमा जातिवाद र भेदभाव कम गर्न
- रोजगारदाताहरू र संगठनहरूले जातिवादलाई कसरी रोक्छन् र प्रतिक्रिया दिन्छन् भन्ने कुरामा सुधार गर्ने
- जातिवादको अनुभव गरेका मानिसहरूका लागि स्थानीय जातिवादविरोधी समर्थन सञ्जालहरूलाई समर्थन गर्ने।
हामी जातिवाद कम गर्नमा रणनीतिको प्रभाव नाप्नेछौं र हाम्रो प्रगतिबारे समुदायलाई रिपोर्ट गर्नेछौं ।
हामीलाई यो रणनीति किन चाहिन्छ?
हामी विविध छौं
- ३०% भिक्टोरियनहरू विदेशमा जन्मिएका थिए
- अष्ट्रेलियाका ८% आदिवासी मानिसहरू भिक्टोरियामा बस्छन्
- भिक्टोरियावासीहरू ३०० भन्दा बढी विभिन्न पुर्खाहरूबाट आएका छन्, २९० भाषाहरू र बोलीहरू बोल्छन्, र लगभग २०० विभिन्न धर्महरू मान्छन्
जातिवाद अझै पनि एक समस्या हो
- २०२२ मा, ५ मध्ये ३ जना आदिवासी (६० %) ले अष्ट्रेलियामा जातिवादको अनुभव गरेको रिपोर्ट गरे
- २०२३ मा, ५ मध्ये १ व्यक्ति (१८%) ले अष्ट्रेलियामा जातिवादको अनुभव गरेको रिपोर्ट गरे
- ५ मध्ये ३ अष्ट्रेलियालीहरू (६३ %) एसिया, अफ्रिका वा मध्येपूर्व वा गैर-ईसाई धर्मबाट आएका एक वा बढी आप्रवासी समूहहरूमाथि नकारात्मक विचार राख्छन्
- ५ मध्ये ३ अष्ट्रेलियालीहरू (६२ %) जातिवादलाई ‘धेरै ठूलो‘ वा ’निक्कै ठूलो‘ समस्याको रूपमा हेर्छन्
जानकारीको कमी र सेवाहरुमा सामुदायिक विश्वासको कमीको अर्थ जातिवादलाई कम रिपोर्ट गरिएको हुन सक्छ ।
हामीले कोसँग कुरा गर्यौं?
हामीले पहिलो जाति, बहुसांस्कृतिक र बहुधार्मिक समुदायका ६७० भन्दा बढी भिक्टोरियाबासीहरूबाट सुनेका छौं । यसमा समुदायका अगुवाहरू, विशेषज्ञहरू र फ्रन्टलाइन कार्यकर्ताहरू समावेश थिए ।
भिक्टोरियामा जातिवादको रिपोर्टिङ
कसैले पनि जातिवाद सहनु पर्दैन । यदि तपाईं भिक्टोरियामा जातिवाद वा भेदभावको अनुभव गर्नुहुन्छ वा देख्नुहुन्छ भने, तपाईंले यसलाई रिपोर्ट गर्न सक्नुहुन्छ ।
भिक्टोरियाको समान अवसर र मानव अधिकार आयोग
सोमबार देखि शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म १३०० २९२ १५३ मा फोन गर्नुहोस् । यदि तपाईंलाई नि:शुल्क दोभाषे चाहिन्छ भने, १३०० १५२ ४९४ मा फोन गर्नुहोस् ।
Enquiries@veohrc.vic.gov.au इमेल गर्नुहोस्
अनलाइनमार्फत एक अनौपचारिक रिपोर्ट गर्नुहोस्।
यदि तपाईं बहिरा हुनुहुन्छ, सुन्न गाह्रो छ वा बोल्न समस्या छ भने राष्ट्रिय रिले सेवा ( National Relay Service ) लाई सम्पर्क गर्नुहोस् ।
भिक्टोरिया प्रहरी
आपतकालिन अवस्थाको लागि, चालू अपराध रिपोर्ट गर्न, वा तत्काल प्रहरी उपस्थितिको लागि, तीन शून्य (000) मा फोन गर्नुहोस् ।
गैर-आपतकालिनका लागि, पुलिस सहायता लाइनमा १३१ ४४४ मा फोन गर्नुहोस् वा निःशुल्क दोभाषेको लागि १३१ ४५० मा फोन गर्नुहोस् ।
तपाईं आफ्नो स्थानीय प्रहरी स्टेशनमा वा अनलाइनमार्फतरिपोर्ट गर्न सक्नुहुन्छ।
तपाईं अज्ञातरूपमा Crime Stoppers लाई १८०० ३३३ ००० मा रिपोर्ट गर्न सक्नुहुन्छ ।
थप सहायता र रिपोर्टिङ विकल्पहरूको लागि, कृपया भिक्टोरियाको जातिवाद विरोधी रणनीति हेर्नुहोस् ।
थप जानकारी
तपाईंले अंग्रेजीमा पूर्ण रणनीति वा यो सारांश अन्य भाषाहरूमा अनलाइन फेला पार्न सक्नुहुन्छ ।
तपाईं अनुवाद र दोभाषे सेवा (TIS) १३१ ४५० मा पनि फोन गर्न सक्नुहुन्छ र थप जानकारीको लागि प्रिमियर र क्याबिनेट विभाग ०३ ९६५१ ५१११ मा फोन गर्न सक्नुहुन्छ ।
तपाईं प्रिमियर र क्याबिनेट विभागलाई antiracism.strategy@dpc.vic.gov.au मा इमेल गर्न सक्नुहुन्छ।
Updated 27 November 2024
About the VIC Government
- The Premier and ministers
- Find a Vic Gov department, agency or service
- Strategies and policies
- Inquiries and royal commissions
Grants and programs
Jobs and careers
Arts, culture and heritage
Business and the workplace
- Mentally Healthy Workplaces Framework
- Portable Long Service Authority
- Victoria’s racing industry
- Workforce Inspectorate Victoria
- Liquor licensing, sale and supply
Communities
- Children
- First Peoples - State Relations
- Finding records
- Gender equality & women’s leadership
- LGBTIQA+ equality
- Multicultural communities
- Seniors Online
- Veterans support and commemoration
- Volunteering in Victoria
- Youth Central
Education and training
- Victorian Early Childhood Regulatory Authority
- Early childhood education – information for professionals
- Kinder: Best Start, Best Life
- Education – information for parents
- Schools.Vic - information for schools
- Education grants, programs, awards and events
- PROTECT
- TAFE, training and universities sector
- TAFE Victoria
- Victorian Skills Authority
- Apprenticeships Victoria
- Learn Local
Environment, water and energy
Finance and economy
Health and social support
- Family violence reform
- NDIS Worker Screening Check
- NDIS and disability services and support in Victoria
- Patient Review Panel
- Transforming Trauma Victoria
Housing and property
Law and justice
- Adoption
- Births, deaths and marriages
- Honorary justices
- Machete ban
- Safeguarding Victorians against terrorism
- Stolen Generations Reparations Package
- Victims of Crime
- Victorian Racing Tribunal
Safety and emergencies
- Emergency Recovery Victoria
- Victorian Emergency Relief and Recovery Foundation
- Emergency Recovery Resource Portal
- How well do you know fire
- Fire Services Reform
- Water safety
- Marine Search and Rescue
Science and technology
- Data sharing and open data
- Data.vic - discover and access Vic Gov open data
- Developer.Vic - portal for API developers
- Go.vic URL shortener
- Vic Gov IT project dashboard
- Victoria’s free public wi-fi network
- Cyber security in the Victorian Government
Sport and recreation
Traffic and transport
- Cameras Save Lives
- Transport Fines
- Getting Around
- Transport Planning
- Transport Future
- Climate Change and transport
- Future Directions For Transport
- Transport projects
- Ports and Freight
Working in the Victorian Government
- Single Digital Presence home
- Accommodation and Library Services
- Executive employment in the Victorian public sector
- Budget, procurement and funding
- Careers in the Victorian Government
- Council and Regulator Toolkit
- Guidelines for working in government
- Join a government network
- Standards and guidelines
- VicFleet CarPool
- Victorian Government style guide