Mini vic.gov.au

This is a low bandwidth version of vic.gov.au. Contents may not be up to date. © Copyright State Government of Victoria

स्वयंसेवाको बारेमा (About volunteering - Nepali)

स्वयंसेवा भनेको के हो, यो कसले गर्न सक्छ र यसले के फाइदा पुर्‍याउँछ भन्ने कुरा पत्ता लगाउनुहोस्। भिक्टोरियालीहरूसँग सामुदायिक संस्थाहरूको लागि स्वयंसेवा गर्न हातेमालो गरेको गर्विलो इतिहास छ। धेरै संस्थाहरू आफ्नो महत्त्वपूर्ण काम गर्न स्वयंसेवकहरूमा निर्भर हुन्छन्।

स्वयंसेवा भनेको तलब नलिई अरूलाई मद्दत गर्न आफ्नो समय दिनु र प्रयत्न गर्नु हो। यो काम एक पटकको लागि मात्र, स्वतःस्फूर्त वा योजनाबद्ध हुन सक्छ। यो व्यक्तिगत रूपमा, सामूहिक रुपमा वा संस्थागत रुपमा हुन सक्छ।

प्रत्येक वर्ष ३३ लाखभन्दा बढी भिक्टोरियालीहरूले स्वयंसेवा गर्छन्।

स्वयंसेवाका धेरै फाइदाहरू छन्। स्वयंसेवा गर्दा, मानिसहरूले नयाँ सीपहरू सिक्न सक्छन् र तलबी काम वा थप अध्ययनको लागि मार्गहरू प्रशस्त पार्न सक्छन्। यो तपाईंको समुदायसँग जोडिने र सहयोग गर्ने अवसर पनि हुन सक्छ।

मैले स्वयंसेवाका कस्ता काम गर्न सक्छु?

तपाईंले धेरै तरिकाले स्वयंसेवा गर्न सक्नुहुन्छ। फरक-फरक रुचि र लक्ष्यहरूका लागि पदीय भूमिकाहरू छन्। तपाईंले स्थानीय खेलकुद टोलीलाई प्रशिक्षण दिन सक्नुहुन्छ, रूख रोप्न सक्नुहुन्छ, युवाहरूलाई मार्गदर्शन गर्न सक्नुहुन्छ, र आपतकालीन सेवाहरूलाई सहयोग गर्न सक्नुहुन्छ।

प्रत्येक स्वयंसेवकले केहि न केहि फरक पार्छन्।

स्वयंसेवा

स्वयंसेवा अष्ट्रेलियाको स्वयंसेवाको परिभाषा हो: ‘सार्वजनिक हितको लागि आर्थिक लाभ बिना स्वेच्छाले दिइएको समय’।

यस परिभाषा अन्तर्गत धेरै प्रकारका स्वयंसेवा समावेश छन्। यसमा औपचारिक र अनौपचारिक, सामुदायिक र कर्पोरेट स्वयंसेवा समावेश छन्। यसमा कार्यस्थल वा संस्था मार्फत स्वयंसेवा पनि समावेश छ।

औपचारिक स्वयंसेवा

औपचारिक स्वयंसेवा सामान्यतया सार्वजनिक, निजी, गैर-सरकारी र सामुदायिक संस्थाहरू मार्फत गरिन्छ। यिनीहरूलाई स्वयंसेवी-सम्मिलित संस्थाहरू पनि भनिन्छन्।

औपचारिक भूमिकाहरूमा, स्वयंसेवकहरूसँग प्रायः पदीय विवरण वा कार्यहरूको सूची हुन्छ। उनीहरूले हरेक हप्ता वा महिना निश्चित समयको लागि स्वयंसेवा गर्न सक्छन्।

औपचारिक स्वयंसेवाको भूमिकाका लागि आवेदन दिनु भनेको लगभग जागिरको लागि आवेदन दिनु जस्तै हो।

अनौपचारिक स्वयंसेवा

अनौपचारिक स्वयंसेवा संस्था भन्दा बाहिर गरिन्छ। यो प्रायः समुदायमा विशिष्ट सामाजिक आवश्यकताहरू पूरा गर्न गरिन्छ। यसमा छिमेकीलाई घर आँगनको काममा मद्दत गर्ने, साथीभाईको बच्चा हेरचाह गरिदिने वा आपतकालीन अवस्थामा मद्दत गर्ने जस्ता कुरा समावेश हुन सक्छन्।

अनौपचारिक रूपमा स्वयंसेवा गर्ने धेरै मानिसहरूले आफूलाई स्वयंसेवक ठान्दैनन्।

भिक्टोरियाका ३३ लाख स्वयंसेवकहरूमध्ये ४७.५% (१५ लाख ७० हजार) ले अनौपचारिक रूपमा स्वयंसेवा गर्छन्। थप ३०.४% (१० लाख) औपचारिक र अनौपचारिक दुवै रूपमा समुदायमा स्वयंसेवा गर्छन्।

क कसले स्वयंसेवा गर्न सक्छन्?

स्वयंसेवा सबैको लागि हो। पृष्ठभूमि, सीप, अनुभव, वा क्षमता जस्तोसुकै भए पनि, सबैका लागि केहि न केहि भूमिकाहरू छन्। तपाईंले आफ्नो प्रतिबद्धताको स्तर र तपाईंले दिन सक्ने समय अनुरूपको पद पाउन सक्नुहुन्छ।

स्वयंसेवा गर्नु अघि, तपाईंलाई कुनै जाँच वा तालिम पूरा गर्न आवश्यक छ कि छैन भनेर संस्थालाई सोध्न नबिर्सनुहोस्।

स्वयंसेवा गर्दा आफूलाई कसरी सुरक्षित राख्ने भन्ने कुरा पनि विचार गर्नुपर्छ।

अधिकार र जिम्मेवारीहरू र स्वास्थ्य र सुरक्षाको बारेमा थप कुराहरु जान्नुहोस्।

स्वयंसेवा किन गर्ने?

स्वयंसेवाले कार्यहरु भन्दा पनि धेरै ठूला फाइदाहरू प्रदान गर्दछ। यो निम्न कुराहरूको लागि एक महान कार्य हो:

Communities

Updated 9 October 2025



About the VIC Government

Grants and programs

Jobs and careers

Arts, culture and heritage

Business and the workplace

Communities

Education and training

Environment, water and energy

Finance and economy

Health and social support

Housing and property

Law and justice

Safety and emergencies

Science and technology

Sport and recreation

Traffic and transport

Working in the Victorian Government